केपी ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाेट पुगेका छन्।

ओलीलाई भेट्न रवि केहीबेरअघि बालकोट पुगेका हुन्। अहिले उनीहरूबीच छलफल चलिरहेकाे छ। 

भेटमा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएकाे छ।

प्रकाशित मिति: : 2024-01-05 13:21:00

प्रतिकृया दिनुहोस्