राष्ट्रियसभा निर्वाचन: एमालेलाई पनि सिट दिने तयारी, ५ बजे बैठक बस्ने

File Photo
File Photo

राष्ट्रियसभा सदस्य निर्वाचनको विषयमा सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्ने भएका छन्।

आज बिहान बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठकमा राष्ट्रियसभा निर्वाचनकाे विषयमा छलफल गर्न गठबन्धन सम्बद्ध दल र एमालेसहितको बैठक बोलाउने सहमति भएको हाे।

बैठकमा एमालेलाई पनि सिट दिएर जाने विषयमा नेताहरूबीच छलफल भएको र त्यसका लागि आज साँझ ५ बजे बालुवाटारमा बैठक बाेलाइएकाे एक नेता जानकारी दिए।

त्यसअघि आजै दिउँसाे ३ बजे कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्ने सहमति भएको छ।

आजकाे छफलफमा कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक लेखक र माओवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरु सहभागी छन्।

आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँटका लागि दलहरूबीच छलफल हुन लागेकाे हाे। 

प्रकाशित मिति: : 2024-01-03 12:18:00

प्रतिकृया दिनुहोस्