बालकुमारीमात्रै होइन, अरु घटनाहरू पनि ‘व्यवस्थाविरुद्ध’ नै भड्काउन खोजिएको छ: माओवादी प्रवक्ता

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले अहिले भइरहेका हरेक सामाजिक र राजनीतिक घटनाहरू कतै न कतै व्यवस्थासँगै जोडिएको पनि बताएका छन्।

पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यस्तै आशयले भनेको बताए।

बालकुमारी घटनामाथि टिप्पणी गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै ‘योजनावद्ध’ भएको बताएका थिए।

‘अनेक बहानामा जनतालाई भड्काउने र अतिरञ्जित बनाएर जनताको भावनामा खेल्ने काम भइरहेको छ। यस्तै कुरालाई ध्यानमा राखेर प्रधानमन्त्रीले त्यो कुरा भन्नुभएको होला। यसलाई गम्भीर रुपमा लिनुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको आशय होला’, उनले भने, ‘रुप र सारमा अलि फरक होला तर प्राथमिक अध्ययनबाट पनि के देखिन्छ भने त्यो अलि स्वभाविकजस्तो देखिन्न।’

प्रकाशित मिति: : 2024-01-02 14:02:00

प्रतिकृया दिनुहोस्