अब जुन पायो त्यही कार्यक्रममा जान्नँ, सरकारको कार्यशैली बदल्छु: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको कार्यशैली बदलिने र पूर्वधार निर्माण अनि सुशासनको काममा केन्द्रित हुने घोषणा गरेका छन्। 

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री कार्यालयको कार्यशैली र सरकारको कार्यशैली बदल्ने घोषणा गरेका हुन्। 

त्यसका लागि उनले आफू अब कार्यक्रमहरूको प्राथमिकता हेरेर मात्रै सहभागी हुने पनि प्रण गरे।

‘पूर्वनिर्धारित र अपरिहार्यबाहेक कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा पुगेको छु’ उनला भने ‘सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुनेछ।’
 

प्रकाशित मिति: : 2023-12-26 17:34:00

प्रतिकृया दिनुहोस्