अठार दिनको यात्रा कार्यकर्ताकै भरमा गर्‍यौँ, पैसाको दुरुपयोग गरेनौँ: ओली 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ दिने मध्यपहाडको यात्राका क्रममा अनावश्यक पैसा उठाउने र त्यसको दुरुपयोग नगरेको बताएका छन्।

त्यो यात्राका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ओलीले स्थानीय जनता र कार्यकर्ताले जुटादिइएको खर्च र खाद्यान्नका भरमा १८ दिनको यात्रा पूरा गरेको पनि बताए।

‘हामीलाई स्थानीय जनता र कार्यकर्ताले नै सबै खर्च जुटाइदिए। हामीले त्यहीँ फलेको धानको भात खायौं, त्यहीँको तरकारी खायौँ। त्यहीँका थालकचौरा र पातमा खायौँ’, उनले भने, ‘त्यसैले म फेरि दोहोर्‍याएर भन्छु यस्तो कार्यक्रम एमालेबाहेक अरु कसैले गर्न सक्दैन।’

प्रकाशित मिति: : 2023-12-24 15:10:00

प्रतिकृया दिनुहोस्