तेस्राे पटक सर्‍यो कांग्रेस महासमिति बैठक

 नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ।

शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्मका लागि सार्ने निर्णय गरेकाे हाे।  

यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो। तर त्यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सारिएकाे थियाे। योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेकाे छ।

उक्त कार्यसम्पादन बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता विमलेन्द्र निधिले जानकारी दिए।

 

प्रकाशित मिति: : 2023-12-15 14:40:00

प्रतिकृया दिनुहोस्