रास्वपाले पहिलो पटक वडा अधिवेशन गर्दै, सातै प्रदेशमा पुगे केन्द्रीय पदाधिकारी

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापनापछि पहिलाे पटक वडा अधिवेशन गर्दैछ। वडा अधिवेशन आज (बिहीबार)देखि देशभर सुरु भएको छ। 

बिहीबार सातै प्रदेशका एक–एक वडाबाट वडा अधिवेशन आरम्भ गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

उनकाअनुसार बिहीबार भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा उपमहानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा वडा अधिवेशन हुनेछ।

सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन्। पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा पुगेका छन्। 

सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताए। उनले भने, '११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेका छौँ। चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ। छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ।'

प्रकाशित मिति: : 2023-12-14 08:22:00

प्रतिकृया दिनुहोस्