ओलम्पिक सोलिडारिटीअन्तर्गतको डेभलपमेन्ट अफ नेसनल स्पोर्ट्स सिस्टम (डिएनएसएस लेभल टु कोर्स) अन्तर्गत एक साता चलेको प्रशिक्षण प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ।
नेपाल हकी सङ्घले नेपाल ओलम्पिक कमिटी (एनओसी)को सिफरिसपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीअन्तर्गतको ओलम्पिक सोलिडारिटीअन्तर्गत हकीका तीन प्रशिक्षण कार्यक्रमको आयोजना गरेकाे थियाे। पाकिस्तानका जाहिद अलीले प्रशिक्षण दिएका थिए
यसअघि गत असारमा ओलम्पिक सोलिडारिटीको सहयोग र अन्तर्राष्ट्रिय हकी महासंघको प्राविधिक सहयोगमा नेपाल हकी संघले ३३ जना प्रशिक्षक सहभागी डिएनएसएस लेभल वन कोर्स सक्काएको थियो।
गत कात्तिकमा विदेशबाट निर्णायक झिकाउनुपर्ने बाध्यतालाई कम गर्न ३८ जनालाई एफआइएजए–एएचएफ नेपाल अम्पायरिङ कोर्सको आयोजना पनि गरिएको थियो।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले समापन कार्यक्रममा ७० वर्ष पुरानो नेपाल हकी संघ विगतमा खासै सक्रिय नभएपनि हाल हकीको विकास र प्रवद्र्धनमा संघले राम्रो कार्य गरिरहेको मध्यनजर गरी ओलम्पिक कमिटीले हकी संघलाई यो ओलम्पिक सोलिडारिडी कार्यक्रम सिफारिस गरेको बताए।
यसैगरी नेपाल हकी संघका अध्यक्ष अनिल शर्माले ओलम्पिक सोलिडारिटीअन्तर्गतका तीनै कार्यक्रम प्रभावकारी भएको र यस कार्यक्रमबाट उत्पादन भएका दक्ष जनशक्तिसँग मिलेर नेपाली हकीको विकास र प्रवद्र्धनमा काम गर्नुपर्ने बताए।
नेपाल हकी संघले घरेलु हकीको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्व प्रमुख प्रशिक्षक अशोक पाण्डेलाई सम्मान पनि गरिएकाे थियाे।