एकीकृत समाजवादी काठमाडौँको सचिवालय बैठक सम्पन्न 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको सचिवालय बैठक लैनचौरमा सम्पन्न भएको छ।

जिल्ला कमिटीका अध्यक्ष एलपी श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो बैठकले काठमाडौँमा बसोबास भएका केन्द्रीय सदस्य एवं निकायका सदस्य र आयोगका सदस्यहरूसंग आउँदो ३० मंसिरमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ।

यसैगरी काठमाडौँमा बसोबास गर्ने केन्द्रीय परिषद एवं बागमती प्रदेश कमिटी सदस्य र विभागका सदस्यहरूसंग ७ पुसमा र सम्पर्क मञ्चका पदाधिकारीसंग १४ पुसमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको एकीकृत समाजवादी काठमाडौँका प्रचार विभाग प्रमुख एवं प्रवक्ता कृतु भण्डारीले बताइन्।

यसैगरी क्षेत्रीय समन्वय कमिटीहरुको बैठक, काठमाडौँ महानगर कमिटी, नगर कमिटीको, स्थानीय एवं संघीय जनप्रतिनिधि र निर्वाचनमा उम्मेदवार भएकाको बैठक गर्ने निर्णय भएको छ।

यस्तै जिल्ला स्तरीय जबसका बैठकसमेत बस्ने निर्णय भएको छ। बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा काठमाडाैँ जिल्ला कमिटीका सह–इन्चार्ज कुसुमकुमार कार्कीले तयार पारेको नागरिकका एजेन्डा र आगामी कार्यभारबारे विशेष छलफल चलाउने निर्णय भएको छ।

पार्टी सदस्यता नविकरण तथा वितरण अभियानको रुपमा अगाडि बढाउनुका साथै जिल्लास्थित समाजवादी मोर्चाको बैठक र एजेण्डाको बारेमा समेत बैठकमा छलफल भएको छ।

बैठकमा पार्टीका उप–महासचिव तथा बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर, स्थायी कमिटीका सदस्य तथा बागमती प्रदेश अध्यक्ष साबित्रा भुषाल, पोलिटब्यूरो सदस्य एवं बागमती प्रदेशसभा सदस्य तथा काठमाडाैँ इन्चार्ज वसन्त मानन्धर, सहइन्चार्ज एवं पोलिटब्यूरो सदस्य प्रभा बज्राचार्य, गोपाल बराल, टहल खड्का, केन्द्रीय सदस्यहरु कुसुम कुमार कार्की, मिना ज्ञावली, शिव कुमारी खनाल, गंभिरलाल श्रेष्ठलगायतका नेताहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2023-12-11 15:57:00

प्रतिकृया दिनुहोस्