प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्।

आफू २० गते नै राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने नभइसकेकाे उनले बताए। राजीनामा स्वीकृत भएपछि मात्रै कारण खुलाउने उनकाे भनाइ छ। 

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेल २०७९ माघ ९ गते प्रधानमन्त्री प्रचण्डकाे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका थिए।

प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रचण्ड पुत्री गंगा दाहालको रजगज चलेको गजुरेललाई मन परेको थिएन। उनले राजीनामाको कारण नबताए पनि यही कारण हुनसक्ने अनुमान गरिएको छ।

मन्त्रीस्तरको प्रमुख राजनीतिक सल्लाहकार भए पनि उनको तलब निजी सचिवालय प्रमुख स्वकीय सचिव सन्तकुमार दरै  र स्वकीय सचिव रमेश मल्ल तथा गंगाद दाहालको भन्दा पनि थोरै रहेको तथ्याङ्क केही दिनअघि सार्वजनिक भएको थियो। स्वकीय सचिवालयको प्रोटोकलमा भने गजुरेल नै १ नम्बरमा रहेका छन्।

२०७४ मा सिन्धुलीबाट निर्वाचित उनलाई यसपटक उम्मेदवारीबाट बञ्चित गरिएको थियो। उनको ठाउँमा गठबन्धनको उम्मेदवार बनेका माओवादी नेता लेखनाथ दाहाल (राजन) निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2023-12-10 17:41:00

प्रतिकृया दिनुहोस्