घर निर्माणमा तीन दिदीबहिनीको नयाँ योजनाः कंक्रिटको विकल्पमा ‘लाइट गेज’

५ करोडको लगानी, १५ जनालाई रोजगारी

लोकान्तर

काठमाडौं

रूपन्देहीको बुटवलका उद्यमी राजेन्द्रसिंह गुरूङ आफ्ना तीन छोरी सृष्टि, सोनाली र शिल्पीलाई सानैदेखि देशमै बसेर उद्यम गर्नुपर्छ भन्ने सपना देख्न सिकाउँथे । बुवाको रवाफबाट आकर्षित र आमाको प्रेरणाले उनीहरूको जीवनलाई सधैँ निर्देशित गर्‍यो । बुवाआमाको प्रेरणा र हौसलालाई मनन् गर्दै अघि बढेका दिदीबहिनीले अध्ययन सकेर देशमै उत्पादनमूलक उद्योग खोल्ने अवधारणा निर्माण गरेँ । राजेन्द्रले आफूले बुटवलमा सञ्चालन गर्दै आइरहेको ‘इन्टरटेक ग्रुप अफ इण्डष्ट्रिज’ तीन छोरीलाई हेर्ने जिम्मा लगाए । बुवाको उद्योग हेर्दै उनीहरूले विभिन्न क्षेत्रको गहिरो अध्ययन गरे । यसबाट नयाँ सोच निस्कियो । यही सोचबाट तीन दिदीबहिनीले विसं २०७७ देखि भवन निर्माणमा नयाँ प्रविधि भित्राउँदै रूपन्देहीको कञ्चन गाउँपालिका–१ लौसामा एलजीपीएस प्रविधिमा आधारित उद्योग खोले । जसको नाम ‘आईटी स्टील स्ट्रक्चर सोल्युसन्स प्रालि’ राखियो । दिदीबहिनीले अहिले उद्योगको आफ्नै आवासीय बिल्डिङ पनि (भवन) बनाएका छन् ।

आईटी स्टील एलजीपीएस प्रविधिमा आधारित नेपालकै पहिलो उद्योग भएको बताइएको छ । यो उद्योगले अहिले शहरी क्षेत्रमा निर्माण भइरहेका कंक्रिटका घरको विकल्पमा स्टील बनोटमा आधारित आवास संरचना निर्माणको विकल्प दिलाएको छ । ‘थ्री सिस्टर’को नामले चिनिने सृष्टि, सोनाली र शिल्पाको उद्योगले ‘मेनिफ्याक्चिरिङ इन्डष्ट्रिज’को क्षेत्रमा अहिले जोखिमपूर्ण कंक्रिटको साटो स्टीलमा व्यावसायिक आवास निर्माणको क्षेत्रमा सुनौलो सम्भावना देखाएका छन् ।

प्रकाशित मिति: : 2023-12-09 16:37:00

प्रतिकृया दिनुहोस्