भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

Photo - Xinhua
Photo - Xinhua

बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबारसमेत जनजीवन नराम्ररी प्रभावित भएको छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन्। साथै ठाउँ-ठाउँमा रूखहरू ढलेको र हाँगा भाच्चिएर सडक आवागमनसमेत अवरुद्ध भएको विवरणहरू प्राप्त भएका छन्।

नियमित रूपमा सञ्चालन हुने रेल र बस सेवाहरू लामो समयसम्म विलम्ब भएका छन्। ठाँउ ठाँउमा अवरुद्ध पनि भएका छन्। हङ्गेरियन समाचार एजेन्सी एमटीआईले जनाए अनुसार बसहरू लामो समयसम्म सडकमै फसेका छन्।

त्यसैगरी देशको पश्चिमी र उत्तरपूर्वी भागहरूमा रेल सेवा पनि अवरुद्ध भएका छन्।

राजधानी बुडापेस्टमा म्युनिसिपल मेन्टिनेन्स कम्पनी (एफकेएफ) ले अहिले अवरोध पन्छाउँदै सडक सफा गरिरहेको जनाइएको छ।

पुल, ओभरपास, राजमार्ग र ठूला यातायातका मुख्य प्रवेशद्वार खाली गर्ने कामलाई प्राथमिकतामा राखिएको स्थानीय निकायले जनाएका छन्।

उडानमा ढिलाइ हुँदा विमानस्थलहरूमा पनि यात्रुहरूको चाप बढिरहेको स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2023-12-08 14:12:00

प्रतिकृया दिनुहोस्