उपराष्ट्रपति यादव स्वागत समारोहमा

उपराष्ट्रपति रामसहायप्रसाद यादव फिनल्याण्डको १०६औँ स्वतन्त्रता दिवसका अवसरमा आज अपराह्न यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका थिए।

नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हिक्काले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वमन्त्री विभिन्न राजनीतिक दलका नेता यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी एवं वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति थियो।

प्रकाशित मिति: : 2023-12-06 18:04:00

प्रतिकृया दिनुहोस्