नेकपा एकीकृत समाजवादीले पहिलाे महाधिवेशन २०८१ काे जेठ पहिलाे साता गर्ने भएकाे छ।
मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा जानकारी दिए।
उनका अनुसार आजको बैठकले यही मङसिर २८ र २९ गते सचिवालय बैठक, पुस ९ गते स्थायी कमिटी, पुस १० गते पोलिटब्युरो बैठक, पुस ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय पनि गरेको छ।
सोमबार बसेको उक्त पार्टीको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो।
यसैगरी पार्टीको विधानका कतिपय व्यवस्थामा छलफल गर्नुपर्ने भएकाले आउँदो माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत भएको उपमहासचिव खतिवडाले बताए।