शनिबार, १२ जुलाई २०२५

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र इजरायली राजदूतबीच भेटवार्ता

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2023-12-05 13:07:00
News Image
• • •

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच भेटवार्ता भएकाे छ। 

उक्त भेटवार्तामा सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल गएका विद्यार्थीहरूकाे बारेमा कुराकानी भएकाे थियाे। 

मुख्यमन्त्री शाहले हमासकाे आक्रमणमा परेर अहिलेसम्म बेपत्ता भएका कन्चनपुरका विपिन जोशीको तत्काल उद्धार र ज्यान गुमाएका १० विद्यार्थीहरूकाे परिवारसँग भेट गर्न आग्रह गरेका थिए। 

त्यसैगरी इजरायलका राजदूत खनान गोडेरले उनकाे समर्थन जनाउँदै फाल्गुन २३ र २४ गते हुने सुदुरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनका लागि इजरायली सरकार सकारात्मक रहेकाे बताए। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?