पक्राउ पुर्जीको विरोधमा विप्लवले गरे आन्दोलनकाे घोषणा

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट जारी भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको भन्दै प्रतिरोधमा उत्रिन पार्टीलाई अपिल गरेका छन्।

त्यसविरुद्ध मंसिर मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने विप्लवले विज्ञप्तिमार्फत जनाएका छन्।

काठमाडाैँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’,  माइला लामालगायतका नाममा पक्राउ पुर्जी जारी गरेको विज्ञप्तिमार्फत उल्लेख गरिएकाे छ।

‘अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लडघन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो’,  विज्ञप्तिमा मानिएकाे छ, ‘राज्यको जिम्मेवार निकाय अवालतमा बसको न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ।’

प्रकाशित मिति: : 2023-12-05 12:58:00

प्रतिकृया दिनुहोस्