शनिबार, १२ जुलाई २०२५

बिहान छिटाे उठ्दा स्वास्थ्यमा हुन्छ यस्ताे फाइदा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2023-12-05 09:16:00
Photo: AI generate
• • •

तपाईं बिहान कतिबजे उठ्नुहुन्छ? ४ बजे, ५ बजे वा ७–८ बजे? याे समय आ–आफ्नै हुन्छ। कहिले सुत्ने र कहिले उठ्ने त्याे कुनै खास निमय त छैन। तर, मानिसकाे जीवनमा सुत्ने र उठ्ने दिनचर्या खराब हुँदा समस्याहरू पनि पैदा हुन्छ। 

सुत्ने र उठ्ने समय निमल्दा मानसिक रोग, मोटोपना, आलस्यता र हृदयघातसम्बन्धि समस्या हुनसक्छ। यसबाट बच्नका लागि समयमै सुत्नुपर्ने र समयमै उठ्नु पर्ने चिकित्सक सुझाउँछन्।

निन्द्राको कमी, व्यायामको अभाव, सधैं घरभित्र रहनु, धेरै समय अँध्यारोमा बिताउनाले मानसिक रोग देखिन सक्छ। 

आज हामीले  बिहान छिट्दै उठ्दा स्वास्थ्यमा कस्ताे फाइदा हुन्छ? जानकारी गराउँदै छाैँ।

–बिहान छिटाे उठ्दा तपाईंले सबैभन्दा शुद्ध हावा पाउनुहुन्छ जसले तपाईंको फोक्सो मुटुलाइ स्वस्थ रहनबाट सहयाेग गर्छ। शुद्ध अक्सिजन शरीरलाई स्वस्थ राख्नका लागि अति आवश्यक हुन्छ।

–जो मान्छे बिहान छिटाे उठेर व्यायाम गर्छ उनीहरुलाई हृदयघात रोगको सम्भावना निकै कम हुन्छ। 

–बिहान छिटाे उठ्नाले डिप्रेशनको समस्या हुनबाट बचाउँछ। सम्पूर्ण दिन ताजा महसुस हुन्छ।

–ब्लडप्रेसरको समस्या निम्तिदैन वा कम हुन्छ।

–यदि तपाईं बिहान उठेर पढ्नुहुन्छ हुन्छ भने बिहानकाे पढाइले तपाईंलाई धेरै चिज छिटो याद लिन सहयाेग गर्छ।

–बिहानको समयमा तपाईंले पढाइलाई सक्नुभयो भने अन्य आफ्ना रुचिका विषयलाई पनि समय दिन सक्नुहुन्छ।

(मुटुराेग विशेषज्ञ प्रेमराज वैद्यसँग बिएल नेपाली सेवाकर्मी मिनु गाेलेले गरेकाे कुराकानीकाे आधारमा तयार पारिएकाे सामग्री)

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?