सडक दुर्घटनामा ओडिशामा ८ जनाको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली

भारतको पूर्वी राज्य ओडिशामा शुक्रबार भएको सडक दुर्घटनामा एकजना बालक र तीन महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन्।

मृतकमध्ये सात जनाको तत्कालै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

पीडितहरू दुई परिवारका सदस्य थिए र विवाह समारोहबाट फर्किरहेका थिए।

राष्ट्रिय राजमार्ग नं २० मा बलिजोडी गाउँ नजिकै उनीहरूको कार रोकिराखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।

प्रकाशित मिति: : 2023-12-01 18:36:00

प्रतिकृया दिनुहोस्