गुजरातको नयाँ कप्तानमा शुभमन नियुक्त

युवा ब्याटर शुभमन गिल गुजरात टाइटन्सकाे नयाँ कप्तान नियुक्त भएका छन्।

आइपिएलको आगामी सिजनका लागि गुजरात टाइटन्सले शुभमनलाई नयाँ कप्तानमा नियुक्त गरेको हो।

यसअघिका कप्तान हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा ट्रेड भएपछि गुजरातले उनलाई कप्तानको जिम्मेवारी दिएको हो।

सन् २०१८ मा शुभमनले कोलकता नाइट राइडर्सबाट आइपिएलमा डेब्यू गरेका थिए। गिल गत संस्करणको आइपिएलमा सर्वाधिक रनकर्ता बनेका थिए।

प्रकाशित मिति: : 2023-11-27 17:28:00

प्रतिकृया दिनुहोस्