भारतमा फलाम खानीमा बम विस्फोट हुँदा दुईको मृत्यु

बिएल संवाददाता

नयाँदिल्ली

मध्य भारतको छत्तीसगढ राज्यस्थित फलाम खानीमा शुक्रबार भएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) विष्फोट हुँदा दुई कामदारको मृत्यु हुनुका साथै एक घाइते भएको प्रहरीले जनाएको छ।

छत्तीसगढको राजधानी सहर रायपुरबाट करिब तीन सय ५० किलोमिटर दक्षिणमा रहेको नारायणपुर जिल्लामा विस्फोट भएको हो।

एक प्रहरी अधिकारीका अनुुुसार “पीडितहरू आमदई घाटी फलाम खानीमा काम गर्न जाँदै थिए, घाइते मजदुरलाई उपचारका लागी अस्पताल भर्ना गरिएको छ।”

नक्सलवादी समूहका कामदारले आफ्ना माग पूरा गराउनका लागि दबावस्वरुप सो विष्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

हाल भारतको मध्य र पूर्वी भागहरूमा ती समूहहरू सक्रिय फलाम खानी निजी कम्पनीलाई दिइएको र सो क्षेत्रमा सञ्चालित नक्सलवादी समूहले लामो समयदेखि आयोजनाको विरोध गर्दै आएका समाचारमा जनाइएको छ।

प्रकाशित मिति: : 2023-11-25 20:19:00

प्रतिकृया दिनुहोस्