पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु 

बिएल संवाददाता

बलुचिस्तान

पाकिस्तानको बलुचिस्तानको केच जिल्लाको होशब तहसीलमा भएको विस्फोटमा कारमा यात्रा गरिरहेका तीन जनाको मृत्यु भएको डन न्यूजले उल्लेख गरेको छ।

केचका उपायुक्त हुसैन जान बलोचलाई उद्धृत गर्दै घटना बालगाटार क्षेत्र नजिकै भएको र तीन जनाको मृत्यु भएको जनाएको छ। 

उनले विष्फोटस्थलमा सुरक्षाकर्मी पुगेर शवलाई तुर्वत अस्पतालमा लगिएको पनि बताए। न्युजका अनुसार विष्फोट जमिनमा टाँसिएको माइनबाट भएको हो।

यसअघि, अक्टोबर ३१ मा तुर्बातको एक प्रहरी चौकीमा भएको आक्रमणमा एक प्रहरी र चार मजदुरको मृत्यु भएको थियो र दुई जना घाइते भएका थिए। यस्तै, अक्टोबर १४ मा पनि अज्ञात बन्दुकधारीले तुर्बतमा छ जना मजदुरको गोली हानी हत्या गरेका थिए।

प्रकाशित मिति: : 2023-11-20 07:41:00

प्रतिकृया दिनुहोस्