नलगाड नगरपालिकामा भूकम्पमा परी ५४ जनाको मृत्यु (नामावलीसहित) 

जाजरकोटको नलगाड नगरपालिकामा भूकम्पमा परी मृत्यु हुनेको संखया ५४ पुगेको छ। नगरपालिकाले दिएको जानकारी अनुसार २७ जना बालबालिकासहित ५४ जनाको मृत्यु भएको छ।

नलगाड नगरपालिका जाजरकोटको सबैभन्दा बढी भूकम्पबाट प्रभावित पालिका हो। 

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो। 

यस भूमकम्पबाट रुकुमपश्चिम पनि प्रभावित भएको छ। 

भूकम्प प्रभावितका लागि सरकारले राहत सामग्री वितरण गर्न थालेको छ। 

प्रकाशित मिति: : 2023-11-05 16:07:00

प्रतिकृया दिनुहोस्