पानामा टीआर फोर रोगले केरा किसान मारमा, कसरी सर्छ ?

रातोपाटी

सरिता थारू

कैलालीको टीकापुरमा केराबालीमा अहिले पानामा रोगको नयाँ प्रजाति टीआर फोर रोगको प्रकोप देखिएको छ। गत साउनमा टीकापुरका ९ किसानको केरा खेतीमा पानामा रोगको जाँचका लागि नमुना संकलन गरी परीक्षण गरिएको थियो।

टीकापुरमा लगाइएको व्यावसायिक केरा खेतीमा चार देखि ५० प्रतिशतसम्म टीआर फोरको प्रकोप देखिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ। ५० प्रतिशत प्रकोप देखिएको केरा बालीका मालिक हुन् देवीराम कोइराला । उनले टीकापुर क्षेत्रमा १४ बिघा जमिनमा केरा खेती गर्दै आएका छन्।

उनको टीकापुर नगरपालिका वडा नम्बर ६ स्थित करिब ६ बिघा प्लटमा रोपिएको केरा बालीमा सो रोगको प्रकोप देखिएको छ। ‘साउनमै केराको पात पहेँलो भएर सुक्दै गएको थियो,’ उनले भने, ‘सुरुमा के भएको भन्ने थाहा नै भएन, पछि नार्कको विज्ञहरुले जाँच गर्दा पानामा रोगको संक्रमण भएको थाहा पाइयो।’

प्रकाशित मिति: : 2023-11-05 11:20:00

प्रतिकृया दिनुहोस्