इजरायलमा मृत्यु भएका नेपालीहरूप्रति समर्पित गीत ‘शोक’ सार्वजनिक

बिएल संवाददाता

सुन्दरहरैँचा

इजरायलमा मृत्यु भएका नेपालीहरूप्रति समर्पित गरेर तयार पारिएको गीत ‘शोक’ सार्वजनिक भएको छ।

गीतमा गायिका समीक्षा अधिकारीको स्वर रहेकाे छ। सञ्चारकर्मी सुरेशचन्द्र दाहाल तथा साहित्यकार, नाटयकर्मी भरत गुरागाईं बर्बरीकको शब्द रहेकाे छ भने राजन क्षेत्रीको सङ्गीत रहेको छ।

उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको हो।

विनोद बाजुरालीकाे एरेन्ज रहेको गीतमा गुरागाईं, मेनुका माझी तथा वसन्त बस्नेतको सशक्त अभिनय रहेको छ। गीत पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ।

वसन्त बस्नेत तथा सञ्चारकर्मी दाहालको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा बाल कलाकारहरूको अभिनय रहेको पाइन्छ।

नेपालीहरूको विदेशिने बाध्यता र भोग्नु परेको वास्तविक पीडालाई गीतमा उठान गरेको सञ्चारकर्मी दाहालले जानकारी दिए।

प्रकाशित मिति: : 2023-11-02 14:30:00

प्रतिकृया दिनुहोस्