सुनको मूल्‍य तोलामा सात सय बढ्याे

आज सुनको मूल्‍य तोलामा सात सय बढेकाे छ।

बुधबार तोलामा एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार सात सय रुपैयाँ बढेर प्रतितोला एक लाख १५ हजार सात सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी बुधबार तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला एक लाख १५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएकाे चाँदी बिहीबार तोलामा २० रूपैयाँले बढेर प्रतितोला १४ सय ५ रुपैयाँमा कायम भइरहेको छ।

प्रकाशित मिति: : 2023-11-02 14:05:00

प्रतिकृया दिनुहोस्