पाकिस्तानमा अफगान विद्यालय बन्द

photo: Agency
photo: Agency

लगभग १७ लाख विदेशी नागरिकहरू (मुख्यतया अफगानीहरू)लाई देश निकाला गर्ने निर्णयपछि पाकिस्तानमा सञ्चालित अफगान बालबालिकालाई पढाउने विद्यालयहरू बन्द गरिएका छन्।

विद्यालयहरू बन्द हुनुले मुख्य रूपमा पाकिस्तानमा अफगान केटीहरूलाई असर गरिरहेको छ किनकि यसले निकट भविष्यको लागि उनीहरूको शिक्षाको ढोका सँधैको लागि बन्द हुनेछ।

यी मध्ये धेरै अफगान महिलाहरू अफगानिस्तान फर्कन बाध्य छन्, जहाँ तालिबान सरकारले उनीहरूलाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाएको छ।

पाकिस्तान सरकारले कानुनी हैसियत बिना देशमा बसोबास गर्ने अनुमानित १७ लाख अफगानीहरूमाथि व्यापक धरपकड सुरु गरेको छ, उनीहरूलाई अक्टोबर ३१ सम्म पाकिस्तान छोड्न निर्देशन दिएको थियो।

१६ वर्षीया नरगिस रेजाईले आफ्नो परिवारसहित २०२१ को अगस्टमा पाकिस्तानमा शरण लिएकी थिइन्। उनले भनिन्,- हामी पाकिस्तान शिक्षित हुन, राम्रो जीवन बिताउन आएका हौं। सबै अफगानिस्तानी अफगानिस्तान फर्कन चाहँदैनन्, विशेषगरी बालिका जसलाई त्यहाँ न्यूनतम स्वतन्त्रता छैन।

देश निकालाको डरले विद्यालयको उपस्थितिमा उल्लेखनीय गिरावट र विद्यालय हाजिरमा दुई तिहाईले कमी ल्याएको छ, जसले गर्दा यी विद्यालयहरू बन्द भएका खामा प्रेसले उल्लेख गरेको छ।

यसैबीच, सोमबार र मंगलबार गरी ८६ हजार गैरकानूनी अफगानी नागरिक स्वदेश फर्किएका छन् भने एक सय ७४ ट्रकमा एक लाख ४९ परिवार अफगानिस्तान फर्किएका छन्।

पाकिस्तान सरकारको कडा चेतावनीले यो अल्टिमेटमको पालना नगर्नेहरूलाई जेल र देश निकाला हुन सक्ने संकेत गरेको छ। खामा प्रेसका अनुसार, समयसीमा नजिकिँदै गर्दा, पाकिस्तानमा आप्रवासी समुदायमा डर र आशंकाको भावना बढेको छ।

प्रकाशित मिति: : 2023-11-01 07:05:00

प्रतिकृया दिनुहोस्