डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निमगले भोलि बुधबार दिउँसो १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य चार रुपैयाँले घटाएको हो। 

मूल्य घटेसँगै १६५ रुपैयाँ ५० पैसा पर्ने डिजेल र मट्टितेलको मूल्य १६१ रुपैयाँ ५० पैसामा झरेको छ। 

निगमले भारतबाट मूल्यबृद्धि भएर आएको भएपनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा मूल्य घटाएको जनाएको छ।  

डिजेल र मट्टितेलको मूल्य घटाएको निगमले पेट्रोल, हवाई इन्धन, एलपी ग्यासको मूल्य भने घटाएको छैन। 

इन्डियन आयल कर्पोरेसनले आज (मंगलबार) पेट्रोल, एलपी ग्यासको मूल्यवृद्धि गरेर पठाएको नेपाल आयल निगमले जनाएको छ। 

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतको आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १.५१, एलपी ग्यासमा प्रति शिलिण्डर  ९३.६० रुपैयाँ बृद्धि भइ आएको र डिजेलमा ३.६३ रुपैयाँले घटेर आएको छ।’

 

प्रकाशित मिति: : 2023-10-31 19:59:00

प्रतिकृया दिनुहोस्