कराँचीमा ४ लुटेराको मृत्यु 

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आइतबार प्रहरी र अपराधी एक समूहबीच सशस्त्र झडप हुँदा लुटमा संलग्न कम्तीमा चार आक्रमणकारीको मृत्यु भएको छ। 

घटनामा अन्य तीन जना घाइते भएका छन्। अपराधीहरूसँगको सशस्त्र झडपमा दुई प्रहरी घाइते भएका छन्।

“शहरमा नियमित गस्ती गरिरहेका बेला प्रहरीले उक्त गिरोहले एक सर्वसाधारणलाई लुटिरहेको देखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रण लिने प्रयास गरेको तर प्रहरीसँगबाट भाग्न उनीहरूले गोली चलाएको र प्रहरीले गरेको जवाफी कारबाहीमा उनीहरू चार नै जनाको मृत्यु भएको हो,” प्रहरीद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ।  

घटनामा एक जना प्रहरी, लुटपाटमा परेका नागरिक र एक जना पैदल यात्री घाइते भएका छन् र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ।

अपराधीहरूको पहिचान उनीहरूको व्यक्तिगत सामानबाट पत्ता लगाउने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2023-10-29 21:26:00

प्रतिकृया दिनुहोस्