कटुवा पेस्तोल र तीन राउण्ड गोलीसहित एक जना पक्राउ

फाइल तस्विर
फाइल तस्विर

माेरङकाे ​धनपालथान गाउँपालिका- २ पैठाबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित सर्लाही हरिपुर्वा नगरपालिका- ७ बस्ने २७ वर्षीय रवीन्द्रकुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

​प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको बिआर ०६ पिए १३६२ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीको ड्यासबोर्डभित्र लुकाई राखेको उक्त पेस्तोल र गोली फेला पारी गाडीका चालक यादवलाई पक्राउ गरेको हो।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2023-10-21 18:04:00

प्रतिकृया दिनुहोस्