एनआरएनए विवाद: आज हुने भनिएका सबै कार्यक्रम स्थगित

चुनावी परिणामपछि उत्पन्न परिस्थितिका कारण गैरआवसीय नेपाली संघ (एनआरएनए)काे आज (शुक्रबार)काे लागि तय भएका कार्यक्रम स्थगित भएका छन्। तीनै अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आजका कार्यक्रमहरु स्थगित भएकाे जानकारी गराएका छन्।

‘चुनावकाे अन्तिम परिणाम घाेषणाकाे क्रममा देखा परेका प्राविधिक त्रृतिका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखी मिति २०८०/०७/०३ गतेका लागि तय गरिएका सम्पूर्ण कार्यक्रमहरु अर्काे निर्णय नआएसम्मका लागि स्थगित गरिएकाे व्यहाेरा जानकारी गराउँदछाैँ,’ कार्यकारी अध्यक्ष डा. बद्री केसी तथा अध्यक्षहरु कुल आचार्य र रविना थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे प्रमुख आतिथ्यतामा समापान कार्यक्रम  तय गरिएकाे थियाे।

बिहीबार राति सार्वजनिक मत परिणाम शंकास्पद भएकाे भन्दै अध्यक्ष पदका दुई उम्मेदवारहरुले आपत्ति जनाएपछि एनआरएनएकाे ११औँ महाधिवेशन विवादित बनेकाे छ।

प्रकाशित मिति: : 2023-10-20 18:14:00

प्रतिकृया दिनुहोस्