एनआरएनएको अध्यक्षमा डा. बद्री केसी निर्वाचित

गैरआवसीय नेपाली संघ (एनआरएनए)काे अध्यक्षमा डा.बद्री केसी निर्वाचित भएका छन्।

काठमाडौँकाे सोल्टी होटमा आयोजित ११औं विश्व सम्मेलनअन्तर्गत बिहीबारको प्रत्यक्ष तथा अनलाइन मतदानबाट अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै केसीले जित हात पारेका हुन्।

केसीले १ हजार ३ सय ७८ मत ल्याउँदा उनका प्रतिद्वन्द्धी आरके शर्माले १ हजार २ सय ८१ र महेश श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरे।

त्यस्तै उपाध्यक्षमा डा. विनोद श्रेष्ठ, डा. हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी ‘राज’, रामशरण सिमखडा र रोविन शेरचन विजयी भएका छन्।

अन्य काे-काे निर्वाचित भए?

महिला उपाध्यक्ष- रोजिना प्रधान

युवा उपाध्यक्ष- रोसन थापा

महासचिव- गौरीराज जोशी

उपमहासचिव- सोम सापकोटा

सचिव- भीम केसी (कमल), डा. ज्ञानेन्द्र रेग्मी, मनोजकुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणी पोखरेल र स्वतन्त्र प्रताप शाह

महिला सचिव- टिक गुरुङ

कोषाध्यक्ष- सुदन थापा

सहकोषाध्यक्ष- कृष्णप्रसाद तिमल्सीना, अभिमन्यू बस्नेत र तिलकप्रसाद गैरे

महिला सहकोषाध्यक्ष- अमृत थापा

अन्तराष्ट्रिय महिला संयोजक- अनुजा प्रधान

युवा संयोजक- सुपेन्द्र घिसिङ

प्रकाशित मिति: : 2023-10-20 07:12:00

प्रतिकृया दिनुहोस्