इन्डोनेसियाको योग्याकार्टामा रेल दुर्घटनाः ३२ जना घाइते

इन्डोनेसियाको विशेष क्षेत्र योग्याकार्तामा मङ्गलबार भएको रेल दुर्घटनामा परी ३२ जना घाइते भएका  छन्।

उद्धारकर्ताले जनाए अनुसार कुलोन प्रोगो रिजेन्सीमा धावनमार्गबाट चिप्लिएको अर्गो सेमेरु रेललाई अर्गो सेमेरुको ट्र्याकको छेउमा रहेको अर्को रेलमार्गबाट आइरहेको अर्गो विलिस ट्रेनले ठक्कर दिंदा सो दुर्घटना भएको हो।

उद्धार कार्यको नेतृत्व गरिरहेका प्रान्तीय खोज तथा उद्धार कार्यालयको परिचालन एकाइ प्रमुख अस्नावी सुरोसोले सो दुर्घटना जकार्ताको समय अनुसार १:३० बजे भएको  थियो।

कुलोन प्रोगो रिजेन्सीस्थित रेडक्रस कार्यालयका सञ्चार अधिकारी विष्णु रङ्गाले घटनामा ३२ जना घाइते भएको पुष्टि गरेका छन्  जसमध्ये केहीलाई नजिकैको अस्पताल पुर्याइएको छ।

प्रकाशित मिति: : 2023-10-17 22:23:00

प्रतिकृया दिनुहोस्