एनआरएनएको विश्व सम्मेलन आजदेखि

गैरआवसीय नेपाली संघ (एनआरएनए)काे ११औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेसन आज (मंगलबार)देखि सुरु हुँदैछ।

काठमाडाैँकाे साेल्टी हाेटलमा बिहान ९ बजेदेखि सुरु हुने सम्मेलन राष्ट्रपति रामचन्द्र पाैडेलले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ।

नयाँ नेतृत्व चयनका लागि हुन लागेको महाअधिवेशनमा अध्यक्षका पाँच जनाले दाबी गरेका छन्।

वतर्मान कार्यसमितिका अध्यक्ष बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा दाबी गरेका छन्।

सम्मेलन शुक्रबारसम्म चल्नेछ।

प्रकाशित मिति: : 2023-10-17 08:17:00

प्रतिकृया दिनुहोस्