‘स्थिति नियन्त्रणको सुनिश्चितता कसैले पनि गर्न नसक्ने’ इरानको चेतावनी

इरानले गाजा पट्टीमा इजरायली भूमि आक्रमणले मध्यपूर्वका अन्य स्थानमा द्वन्द्व बढाउन सक्ने चेतावनी दिएको छ।

इजरायली सेना सीमामा तैनाथ रहेका बेला इरानी विदेशमन्त्री होसेन आमिर अब्दुल्लाहियनर कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ।

इरानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कसैले पनि स्थितिको नियन्त्रण र द्वन्द्वको विस्तार नगर्ने ग्यारेन्टी दिन सक्दैन।’

‘युद्ध र सङ्कटको दायरा विस्तार हुनबाट रोक्न चाहनेहरूले गाजामा प्यालेस्टिनी नागरिक र सर्वसाधारणविरुद्ध वर्तमान बर्बर आक्रमणहरू रोक्न आवश्यक छ,’ उनले थने। 

अमिर अब्दुलाहियानले अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमा गरेको आक्रमणमा एक हजार ३०० जनाको ज्यान जाने गरी भएको आक्रमणपछि अमेरिकाले इजरायललाई स्पष्ट समर्थन गर्दै आएको भन्दै आलोचना गरेका छन्।

हमासका नेतालाई लक्षित गरी गरिएका इजरायली हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढीको मृत्यु भएको छ। दुवैतर्फ मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका छन्।

वासिङ्टनमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकालाई इजरायलको लामो समयदेखिको शत्रु र हमासको समर्थक इरान ‘प्रत्यक्ष संलग्न’ हुने सम्भावना रहेकोले युद्ध बढ्ने डर रहेको बताएका छन्। 

इराक, लेबनान र सिरियाको क्षेत्रीय भ्रमणका क्रममा इरानका उच्च कूटनीतिज्ञ आइतबार कतार पुगेका थिए।

इजरायलले लेबनानसँगको संयुक्त राष्ट्रसङ्घको गस्तीमा रहेको उत्तरी सीमामा सैनिक र ट्याङ्क तैनाथ गरेको छ भने इरान समर्थित लडाकू समूह हिजबुल्लाहसँगको घातक गोली हानाहानपछि चार किलोमिटर (२.५ माइल) चौडा क्षेत्र सर्वसाधारणका लागि बन्द गरेको छ।

इजरायललाई समर्थन गर्ने पश्चिमा देशहरूले द्वन्द्वको क्षेत्रीय फैलावटविरुद्ध चेतावनी दिएका छन्।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायलविरुद्ध शत्रुतापूर्ण गतिविधि रोक्न अमेरिकाले यस क्षेत्रमा दोस्रो विमानवाहक पोत तैनाथ गरेको बताएका छन्।

हमासले गत साताको आक्रमणमा १०० भन्दा बढीलाई बन्धक बनाएको एजरायलले दावी गरेको छ।

इरानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा अमिर अब्दुलाहियानले बेरुत र दोहामा हमासका उच्च अधिकारीसँग भेटवार्ता गरेको र उनीहरूले नागरिक बन्धकको मुद्दालाई प्राथमिकता दिएको र आवश्यक कदम चाल्ने बताएका छन्।

तर ती के हुनेछन् भन्नेबारे थप विवरण दिइएको छैन।

प्रकाशित मिति: : 2023-10-15 20:03:00

प्रतिकृया दिनुहोस्