नेपालीको महान् पर्व दसैँ सुरु भएसँगै बजारमा चहलपहल बढ्न थालेकाे छ। यतिबेला काठमाडाैँकाे असन, न्यूरोडलगायतका क्षेत्रमा किनमेल गर्नेको भीड लागेको छ।
मानिसहरुको रुचिअनुसार र अधिकांश सामान त्यही क्षेत्रमा पाउने भएकाले गर्दा दसैँमा किनमेल गर्ने पहिलो रोजाइकाे ठाउँ बनेकाे छ, असन र न्यूरोड क्षेत्र।
सामान किन्नेहरूकाे भीडले आवत-जावतमा समेत अवराेध भएकाे छ। मानिसहरूकाे चाप बढी हुनाले पार्किङ पनि अस्तव्यस्त छ।