पश्चिम बङ्गालमा कोइला खानी भत्किँदा तीन जनाको मृत्यु, कैयौँ फसेको आशङ्का

भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा रहेको कोइला खानी भत्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ फसेको अधिकारीहरूले शुक्रबार बताएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार बेपत्ताको सङ्ख्या करिब १० जना रहेको छ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब १९७ किलोमिटर उत्तरपश्चिममा पर्ने पश्चिम बर्धमान जिल्लाको रानीगञ्ज क्षेत्रमा रहेको नारायणकुरी कोलियरीभित्र कोइला उत्खननको काम गरिरहेका बेला बुधबार दिउँसो कोइला खानी भत्किएको हो।

“कोइला खानी भत्किँदा तीन जनाको मृत्यु भएको छ र उनीहरू स्थानीय बासिन्दा रहेको पहिचान भएको छ,” एक प्रहरी अधिकारीले भने।

फसेका कामदारको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। उनले भने, “अरू धेरै हराइरहेका हामीलाई जानकारी प्राप्त भएको छ। उनीहरूभित्र फसेको आशङ्का गरिएको छ।”

प्रहरीका अनुसार दुई दर्जनभन्दा बढी मानिस अवैध रूपमा खानीभित्र पसेको तर दुर्घटनापछि केही मानिस त्यहाँबाट बाहिर निस्कन सफल भएका छन् भने केही भित्र फसेको छन्। 

प्रकाशित मिति: : 2023-10-13 20:32:00

प्रतिकृया दिनुहोस्