इजिप्टका राष्ट्रपति र ओमानी सुल्तानबीच प्यालेस्टाइन–इजरायल तनावबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र ओमानका सुल्तान हैथम बिन तारिक अल सैदबीच प्यालेस्टाइन र इजरायलीबीच जारी तनावको घटनाक्रमबारे बुधबार छलफल भएको इजिप्टको राष्ट्रपतिको कार्यालयद्वारा जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

फोनवार्तामा दुवै नेताले क्षेत्रीय सुरक्षा र स्थिरतामा जारी तनाव र द्वन्द्वका कारण मानवीय पीडामा परेको गम्भीर असरबारे छलफल गरेका थिए।

वक्तव्यमा भनिएको छ, ‘दुवै नेताले पार्टीहरूलाई शान्त हुन र हिंसा कम गर्न आग्रह गर्न एकताबद्ध प्रयासको महत्वमा सहमति जनाउनुभउको छ। यस क्षेत्रका सबै जनताका लागि सुरक्षा र स्थिरता हासिल गर्ने गरी दुई–राज्य समाधानमा आधारित प्यालेस्टिनी मुद्दाको न्यायोचित, व्यापक र स्थायी समाधानमा पुग्न प्रयासहरू अगाडि बढाउनुपर्छ।’

प्यालेस्टिनी र इजरायलको पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार इजरायली सेनाले गरेको कारबाहीमा एक हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको छ। भने, हमासले शनिबार द्वन्द्व सुरु भएयता एक हजार २०० भन्दा बढी इजरायलीको हत्या गरिसकेको छ।

– एजेन्सी

प्रकाशित मिति: : 2023-10-11 17:44:00

प्रतिकृया दिनुहोस्