जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने

BreaknLinks
BreaknLinks

जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको छ। चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार  जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको छ।

डिपो स्थापनाका लागि दसैंपछि नेपाल आयल निगमको टोली जुम्ला जाँदैछ। ‘जग्गा प्राप्तिको लागि नागरिक उड्ययन प्राधिकरणसँग छलफल भएको छ,’ जुम्लाकी सांसद कान्तिका सेजुवालले भनिन्, ‘स्थलगत अनुगमन र कार्यन्वयनको लागि दसैं र तिहारको बीचमा नेपाल आयाल निगमको प्राविधिक टोली जुम्ला जाने सहमति भएको छ।’

उनका अनुसार हाल विनियोजन भएको  ५० लाख बजेट धावनमार्गको लागि जग्गा अधिग्रहण गरि मुवाब्जा वितरण गर्न प्रयोग गरिनेछ। थप बजेट रकामान्तरको समयमा व्यवस्था हुने छ। 

नागरिक उड्ययन प्राधिकरणले विनियोजन गरेको ४ करोड ४२ लाख बजेट धावनमार्ग बिस्तारका लागि प्रयोग हुने बताइएको छ।

जुम्ला विमानस्थलबाट कर्णालीका अन्य जिल्लाहरूमा आन्तरिक उडानका लागि हवाई इन्धनको अभाव भएको भन्दै यही असोज २२ गते सांसद सेजुवालले हवाई इन्धन डिपो स्थापना गर्न नेपाल आयल निगमलाई अनुरोध गरेकी थिइन्।

प्रकाशित मिति: : 2023-10-09 19:35:00

प्रतिकृया दिनुहोस्