निर्माण व्यवसायीको बक्यौता दसैँअघि नै भुक्तानी हुन्छ: अर्थमन्त्री महत

File Photo
File Photo

अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघिनै गरिने बताएका छन्।

उनले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँ अगाडि नै भुक्तानी हुने बताए। शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘असार मसान्तसम्ममा रु ६० देखि ७० अर्ब तिरिसकेका छौँ। अब रु छदेखि सात अर्ब जति बाँकी होला त्यो भुक्तानी हुन्छ।’

अर्थमन्त्री डा महतले बाहिर आएजस्तो आर्थिक सङ्कट चरम नभएको बताए। केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक सङ्कट नभएको उनको भनाइ थियो।

पहिला राष्ट्र बैंकले सहजरुपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतको भनाइ छ। ‘सहजरुपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ कहाँ आउँदैन नहेरी लगानी भयो। त्यसको असर अहिले देखियो’, उनले थपे, ‘अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढ्यो र उत्पादन पनि भएन। जसका कारण केही व्यवसायीलाई समस्या परेको छ।’

सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागि परेको उनको भनाइ थियो। अर्थतन्त्रको जग बलियो नभएका कारण केही समस्या आएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2023-10-06 14:07:00

प्रतिकृया दिनुहोस्