जहाजबाट बिरामीको उद्दार

टाउकोमा गम्भीर चोट लागेर विगत छ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसीयूमा राखिएका एक बिरामीलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपालगञ्ज पठाइएको छ।

जुम्ला पातारासी गाउँपालिका–४ लुमगाउँका ३४ दीपबहादुर रावतलाई आज नेपाल वायुसेवा निगमको जहाजबाट नेपालगञ्ज पुर्याइएको हो। यही असोज ११ गते लुमगाउँको पुलबाट खस्दा उनको टाउकामा गम्भीर चोट लागेको थियो।

घटनास्थलबाट तत्काल प्रतिष्ठान जुम्लामा पुर्याइएका रावतको सिटीस्क्यान गर्नुपर्ने तर उक्त सेवा जुम्लामा नहुँदा नेपालगञ्ज लैजानुपरेको रावतका आफन्त हरिबहादुर बुढाले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2023-10-05 22:02:00

प्रतिकृया दिनुहोस्