सिक्किममा आएको बाढीमा परी ८२ जना बेपत्ता

उत्तर–पश्चिम सिक्किमको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ८२ जना बेपत्ता भएका छन्।

एक अधिकारीका अनुसार राङ्पो र आसपासका क्षेत्रमा गए राति करिब तीन हजार देखि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने जिल्लामा पाँच वटा राहत शिविर पनि खोलिएको छ।

सिक्किमका डिस्ट्रिक्ट म्याजिस्ट्रेट टासी चोपेलका अनुसार धेरै भवन र सवारी साधनमा क्षति पुगेको, करिब ५० सर्वसाधारण र २३ सैनिक हराइरहेका दुःखद् खबरहरू आएका छन्।

उनले भने, 'हामीले सेनामा २३ जना हताहत भएको बारेमा पनि सुनिरहेका छौं, जसको पुष्टि उनीहरूसँग गर्न आवश्यक छ। करिब ५० स्थानीय पनि बाढीपछि सम्पर्कमा आएका छैनन्।'

जिल्लामा पाँच वटा राहत शिविर खोलिएको र उद्धारका लागि सेनासहितका सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुगिसकेका बताइएको छ।

प्रकाशित मिति: : 2023-10-05 06:13:00

प्रतिकृया दिनुहोस्