एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङकाे उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन्। एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

काठमाडौँमा अक्टोबर १७ देखि ११औं अन्तराष्ट्रिय महाधिवेसन हुँदै गर्दा एनआरएनए अभियन्ताहरूले एसिया प्यासिफिक महिला संयोजकमा सहयोग गर्न अनिता गुरुङले अपिल गरेकी छन्।

अनिता गुरुङ्ग लामाले एसिया प्यासिफिक महिला संयोजक पदका उम्मेदवार दिने घोषणा गरे जानकारी दिइन्। उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताइन्।

तमुधीं जापानको पूर्वअध्यक्ष गुरुङ परिचित अनुहार हुन्। एसिया प्यासिफिक महिला संयोजक पदमा आफूलाई शुभेच्छुकहरुको आग्रहका कारण उम्मेदवारी दिएको जानकारी दिइन्।

लामो समयदेखि जापानमा कर्मभूमी बनाउँदै आएकी अनिताले जापामा समाजसेवा गर्ने कार्यक्रमा सधैँ अग्रपङ्तिमा छिन्। जापामामात्र हाेइन उनले नेपालमा समेत बेला बखतमा भएका आपत्त बिपत्तमा राहतका कार्यक्रमहरु संचालन गदै आएकी छन्। उनलाई एनआरएनए भित्रपनि क्षमतावान महिलाका रुपमा हेरिन्छ। उनलाई एनआरएएन अभियन्ताहरुले निर्वाचनमा उठ्न सुझाव दिएपछि उनी अघि बढेकी हुन्।

प्रकाशित मिति: : 2023-10-01 21:02:00

प्रतिकृया दिनुहोस्