थाई नेपाली संघकाे पाँचाै त्रैमासिक बैठक बैंककमा सम्पन्न

थाई नेपाली संघ केन्द्रीय समितिकाे पाँचाै त्रैमासिक बैठक बैंककमा सम्पन्न भएकाे छ।

छैटाैँ कार्यकालको पाँचाै त्रैमासिक बैठक शुक्रबार सामाजिक भवन बैंककमा सम्पन्न भएकाे थाइ नेपाली संघकी अध्यक्ष वाड्सना राईले बताएकी छन्।

त्रैमासिक बैठकमा नेपालीहरूकाे महान पर्व दशैँ–तिहारलगायत विभिन्न विषयमा चर्चा र सल्लाह भएकाे संघका संरक्षक कुमार कार्कीले बताएका छन्।

बैंककमा आयाेजित बैठकले केन्द्रको अन्तिम छैठाैँ त्रैमासिक बैठक आगामी ३ डिसेम्बरका दिन बैंकक शाखामा गर्ने निर्णय गरेकाे छ।

बैठकबाट अनुमाेदन भएका अन्य निर्णयहरू केन्द्रीय समिति, शाखा, केन्द्रीय विभागलाई पत्राचार गरिने अधिकारीहरूले जनाएका छन्।

बैठकमा संघकी अध्यक्ष वाड्सना राई, संरक्षक कुमार कार्की र डेविट खनालसहित उपाध्यक्ष मण्डल, सचिव मण्डल, केन्द्रीय निरीक्षक, बैंकक शाखा समिति, फतैया शाखा समिति र हुवाहिन् शाखा समितिका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे।

प्रकाशित मिति: : 2023-09-30 20:53:00

प्रतिकृया दिनुहोस्