इन्जिनियर राम विन्दु श्रेष्ठकृत ‘मेरा सोभियत सम्झनाहरू’को पाण्डुलिपि पढ्दै जाँदा हरेक तरङ्गमा रमाउने अवसर मिल्यो।
सरल भाषामा लेखिएको यो संस्मरण नियात्राले भर्खर सिँढी चढ्दै गरेका तमाम युवा पुस्ताका लागि र असीको दशकपछि जन्मेका मजस्ता आम पाठकहरूलाई नयाँ जानकारी दिएको छ।
यसमा प्रस्तुत ऐतिहासिक चिनारीले कृतिको विशिष्टता र अभिवृद्धि गरेको छ।
पेसाले इन्जिनियर र अभिरुचिले साहित्यकार राम विन्दु श्रेष्ठको ‘मेरा सोभियत सम्झनाहरू’ आफू रुसमा पढ्न जाँदाको रोचक नियत्रा संस्मरण हो। यसमा लेखक श्रेष्ठको स्कुले जीवनदेखि उच्च शिक्षा अध्ययन तथा त्यसयताका अवधिलाई समेत रोचक तवरले प्रस्तुत गरिएको छ।
उच्च शिक्षाका सिलसिलामा सन् १९८५ मा लेखक २१ वर्षको कलिलो उमेरमा सोभियत रुसमा गएर ६ वर्षसम्म बस्छन्।
एकातिर अध्ययनको चाप अर्कोतिर घरपरिवार, आफन्त र अपनत्वबाट लामो समयसम्म बिछोडिनुको पीरले लेखकलाई लखेटिरहेको हुन्छ। जाडो याममा कलेजले विदेशी विद्यार्थीहरूलाई न्यानो कपडा किनिदिने चलनमा नेपाली युवाहरूको होचो काँठीका कारण सोभियत किशोर किशोरीहरूको शरीरका लागि बनाइएको कपडा नाप जाँच गर्नुपर्ने अवस्थालाई पनि लेखकले रमाइलो पाराले प्रस्तुत गरेका छन्।
पुस्तक लेखकको बालापनबाट सुरु हुन्छ।
उनले आफू जन्मे हुर्केको ठाउँ बिकट पहाडी जिल्ला बाग्लुङको सेरोफेरो, बाल्यकालदेखि उच्च शिक्षा अध्ययनको सिलसिलामा छात्रवृत्तिमा छनोट भई सोभियत संघसम्म पुगेको कुरा सुरुमा उल्लेख गरेका छन्।
यी कुराहरू पढ्दै जाँदा लेखकमा ठुलो उत्सुकता देखिन्छ।
यो पुस्तक सोभियतकालमा युवाहरू उमेर पुग्ने बित्तिकै अनिवार्य सैन्य सेवामा जानुपर्ने र यसलाई मातृभूमिप्रति र देशभक्तिको दायित्व सम्झी खुसीमनका साथ दुई वर्ष सैन्य सेवा गरेपछि फेरि पढाइ चालु राख्ने गरेको, सोभियत परीक्षा प्रणाली नेपालमा जस्तो सबै परीक्षार्थीहरूको लागि एकनासको प्रश्न पत्र नभई जति जना विद्यार्थी छन् सबैको लागि छुट्टा छुट्टै र अलगअलग रुपमा किताबभरिका पाठहरूको प्रश्नपत्र बनाएर राखिने हुँदा एकले अर्काको उत्तर नक्कल गर्ने सम्भावना शून्य रहने। उत्तर पुस्तिका बोकेर प्रोफेसरको सामुन्ने संवादमा जुट्नुपर्ने। विद्यार्थीको मूल्याकंन त्यसैबाट हुने। शिक्षकले तत्काल प्राप्तांक र ग्रेड चढाइदिने हुँदा नेपालमा जस्तो रिजल्टका लागि महिनौ कुर्ननपर्ने स्थिति र परिपाटी बारेमा पनि चर्चा गरिएको छ।
कुशलतापूर्वक भन्न सकेका कुरा पुस्तकमा अटाउनु नै सबैभन्दा ठुलो कुरा हो।
समयको अभावले गर्दा मैले यो पुस्तकलाई गहिरिएर अध्ययन गर्ने मौका मिलेको थिएन। सोभियत पढ्दै जाँदा मलाई मेरा घर परिवार गरिने पेसाको समपर्ण गर्न दरकार भएँ म।
हिमाली भेगमा कृषि र पशु चौपायाहरू अत्याधिक मात्रामा पाल्ने गरिन्छ। बर्खाको समयमा वैशाखदेखि कार्तिक मसान्तसम्म पशुचौपायालाई अग्ला-अग्ला चरनका लागि खर्कमा राखिने गरिन्छ। यति लामो समयसम्म खर्कालो लागेपछि पशुचौपायाको माया नलाग्ने कुरै भएन।
रुसका क्यान्टिनमा प्राय: गाईको मासुलाई मिठो परिकारको रूपमा राखेको देख्दा लेखकलाई घरको काली बाच्छी र कैली गाईको सम्झनाले सताएको कुरा गज्जबले दर्शाएका छन्।
यसकारण मैले सोभियतलाई बढी समय दिएर पढ्ने जर्मको गरेँ।
त्यसपछि ‘मेरा सोभियत सम्झनाहरू’को जन्म कुण्डलीबारे केही कुरामाथि नै पोखिएको छ।
पश्चिम नेपालको एउटा कुनामा जन्मे हुर्केको मान्छे, हजारौँ माइल टाढा रुस पुग्छन्।
त्यतिखेर सोभियत सरकारले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी महादेशका सयौँ देशका जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनार्थ निःशुल्क छात्रवृत्ति दिने गरेको रहेछ।
लेखक ६ वर्षको अध्ययन सकेर फर्केलगत्तै सोभियत संघ ढल्यो। डायरीमा लेखेका निम्नांशहरू यस कृति अङ्कुरणका प्रेरक तत्त्वहरू थिएः
विश्वमै भाइचारावादको अनुपम नमुना बनेर खडा भएको पन्ध्रवटा गणराज्यहरूको सङ्घ-सोभियत सङ्घ फुट्यो।
त्यो मुलुकमा जहाँ उच्च शिक्षा प्राप्त गर्यौँ। त्यो सोभियत राष्ट्र जसलाई राष्ट्रिय गानमा ‘स्वतन्त्र राष्ट्रहरूको अटुट अविनाशी सङ्घ’ भनेर गाइन्थ्यो, त्यो विशाल देश जसले पृथ्वीको छ भागको एक भाग ओगट्थ्यो, अब विश्वको मानचित्रमा रहेन। नयाँ सोभियत मान्छे र सुसंस्कृत विश्व सभ्यताको निर्माण गर्ने उद्देश्यले स्थापित सोभियतहरूको देश केबल इतिहासमा सीमित भयो। असीपछिका पिँढीहरूमा त त्यो स्मरणमा पनि हुने छैन।
त्यो कम्सामोलहरूले साइबेरियाको बैकालदेखि आमूरमम्मको रेलमार्ग निर्माणमा भाग लिएको। ती निकोलाई आस्त्रोभ्स्कीहरूले मानव जीवनको मूल्य मान्यताको लागि सङ्घर्षको भट्टीमा होमिएर अग्निदीक्षा प्राप्त गरेको। गोर्की, शोलोखोभ, मायाकोभ्स्कीहरूले सामाजिक यथार्थवादको नयाँ साहित्य रचेकोस मातृभूमिको रक्षार्थ साढे दुई करोड वीर–वीरङ्गनाहरूले त्याग र बलिदानको अनुपम नमुना प्रस्तुत गरेर महान् देशभक्ति युद्धमा जीवन अर्पेकोस युद्धबाट क्षत विक्षत मुलुकलाई फेरि शून्यबाट उठाएर अन्तरिक्षको उचाइमा पुर्याएको। त्यो देश अब वर्तमानबाट धेरै टाढा पुगिसक्यो। र, त्यो विखण्डन यति मै सीमित रहेन। सहर–सहरबाट इतिहासका बोकेका सालिकहरू ढालिए।
फरक मतको कदर गर्नुपर्छ भन्ने प्रजातन्त्रोत्तर पूर्वी युरोपदेखि पूर्व सोभियत गणराज्य देशहरूमा फैलिएको यो मास हिस्टेरियाका खबर देख्दा मलाई अप्रिय लाग्थे।
जब यो लहरले सबैले मानिआएको दोस्रो विश्वयुद्धका इतिहासका प्रतीकहरूसम्म हस्तक्षेप थाले, तीसौ वर्ष इतिहासका यी तीता र विषाक्त तथ्यहरू टुलुटुलु हेर्दै बुढो हुन लागेको यो लेखकको मन कति हुँडलियो, निद्रा कति खलबलियो, अवसादको रोगी झैँ नोस्टाल्जियाले सतायो र कर्तव्यबोध भयो अब त केही लेख्नै पर्छ।
संस्मरणात्मक शैलीमा लेखिएको यो ऐतिहासिक दस्ताबेज हो। यो सोभियतले मलाई धेरै कुरा प्रष्टयाउँदा धेरै हर्षित बनाएको छ।
इन्जिनियर श्रेष्ठलाई साधुवाद, अक्षर र शब्दहरूसँग अझ बग्दै गर्नुहोला शुभकामना।
धन्यवाद अंगराज भाई धन्यवाद ब्रेकिङ न्युज