मोन्टेभिडियोमा चार सय जलचरको बर्ड फ्लूबाट मृत्यु

बिएल संवाददाता

मोन्टेभिडियो

बर्ड फ्लू लागेर उरुग्वेको समुद्री तटमा चार सयभन्दा बढी सिल र सि लायन मरेका अधिकारीहरूले बताएका छन्।

मोन्टेभिडियोको समुद्री किनारमा सि लायनलाई बर्ड फ्लू लागेको यकिन भएपछि सम्बन्धित मन्त्रालयहरूले निगरानी गरिरहेका छन्। सरकारी अधिकारीहरूका अनुसार मरेका समुद्री जनावरहरू आन्ध्र महासागरको किनारमा फेला देखा परेका तथा तिनबाट भाइरसको फैलावट  हुन नदिन तीन सय ५० वटालाई गाडिएको छ।

वातावरण मन्त्रालयका जीवजन्तु विभागका प्रमुख कार्मेन लीजागोयेनले बर्ड फ्लूका कारण जलचर मरेका बताएका छन्।

उनले रोग नियन्त्रण गर्न नसकिने बताउँदै जलजीवको प्रतिरोधात्मक क्षमता विकास भएपछि ती नमर्ने उनले बताएका हुन्। ती जलचरमा प्रतिरोधात्मक क्षमता विकास कहिलेसम्ममा भइसक्छ भन्न नसकिने पनि उनले उल्लेख गरेका छन्।

उरुग्वेमा तीन लाख १५ हजार सिल र सि लाइन रहेका अनुमान गरिएको छ। जनावरहरूबाट मानवमा बर्ड फ्लू नसरे पनि विभाग प्रमुख लीजागोयेनले समुद्र तटमा नजान सर्वसधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2023-09-29 20:38:00

प्रतिकृया दिनुहोस्