अफगानिस्तानका ४ कराेड जनता गम्भीर खाद्य असुरक्षाकाे सामना गर्न बाध्य

photo: AFP
photo: AFP

संयुक्त राष्ट्रसंघकाे विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले अफगानिस्तानका ४ कराेड १० लाख मानिस गम्भीर खाद्य असुरक्षाबाट पीडित रहेकाे बताएकाे छ। अफगानिस्तानमा कम्तिमा ४ करोड १० लाख मानिस डरलाग्दो स्तरमा गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको खामा प्रेसले रिपोर्ट गरेको छ।

डब्लुएफपीले जारी गरेको विज्ञप्तिअनुसार अफगानिस्तान १० राष्ट्रहरूमध्ये एक हो, जहाँ १ करोड ९९ लाख  मानिसहरू पर्याप्त खानाको पहुँचबाट बञ्चित छन्।

खाद्यान्न आवश्यक पर्ने झण्डै ७० प्रतिशत जनता प्रजातान्त्रिक गणतन्त्र कंगो, नाइजेरिया, सुडान, इथियोपिया, अफगानिस्तान, यमन, बंगलादेश, पाकिस्तान, दक्षिण सुडान र सोमालियालगायत राष्ट्रहरूमा रहेको डब्लुएफपीको अध्ययनलाई उद्दृत गर्दै  खामा प्रेसले उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2023-09-26 09:24:00

प्रतिकृया दिनुहोस्