नेपाली पर्यटकहरूलाई बिनाभिषा प्रवेश दिँदै म्यान्मार

बिएल संवाददाता

रंगुन, म्यान्मार

म्यान्मारले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकहरूका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेको छ।

बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकहरूमा नेपाल, बेलारुस, मोरक्को र जापान रहेकाे ग्लोबल न्यू लाइट अफ म्यान्मारले जनाएको छ।

बिनाभिषा प्रवेशकाे उद्देश्य म्यान्मार र यी देशहरूबीच बलियो कूटनीतिक सम्बन्धलाई बढावा दिनु र पर्यटनलाई प्रोत्साहित गर्नु हो। म्यान्मार र यी देशहरूबीच पारस्परिक भिसा सम्झौताको एक भागको रूपमा यो निर्णय आएको छ, जसले कूटनीतिज्ञहरू र विशेष पासपोर्ट धारकहरूलाई ३० देखि ९० दिनसम्म देशमा बस्न अनुमति दिन्छ।

नयाँ थपिएका चार मुलुकबाहेक बङ्गलादेश, ब्राजिल, चीन, कोलम्बिया, भारत, दक्षिण कोरिया, उत्तर कोरिया, मङ्गोलिया, रूस, सर्बिया, श्रीलङ्का र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन– सार्कका सदस्य राष्ट्रहरू म्यान्मारबाट भिसा छुटका लागि योग्य छन्।

होटल तथा पर्यटन मन्त्रालयका उपस्थायी सचिव यु ह्ला मिन्तले भिसारहित प्रवेश र आगमनमा भिसालगायतका कदमले देशमा पर्यटकको आगमन बढाउन मद्दत पुग्ने बताएका छन्।  

पर्यटन मन्त्रालयका अनुसार सन् २०२३ को पहिलो आठ महिनामा म्यान्मारमा सात लाख ५१ हजार २१६ विदेशी पर्यटक भित्रिएका बताइएको छ।  

प्रकाशित मिति: : 2023-09-22 05:19:00

प्रतिकृया दिनुहोस्