स्थानीय कर्मचारीको पूर्ण विवरण उपलव्ध गराउन आदेश

चीन सरकारले हङकङस्थित सबै वाणिज्य दूतावास/कूटनीतिक नियोगमा कार्यरत स्थानीय कर्मचारीको व्यक्तिगत विवरण उपलव्ध गराउन आदेश दिएको छ।

आगामी अक्टोबर १८ सम्ममा सबै स्थानीय कर्मचारीको विवरण उपलव्ध गराउन हङकङस्थित चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले आदेश दिएको हो। 

आयुक्तको कार्यालयले स्थानीय कर्मचारीको व्यक्तिगत विवरण लिने निर्णय अन्तरराष्ट्रिय अभ्यासअनुरूप भएको दबी गरेको छ। अब हङकङमा पनि मुख्य भूमिमा कार्यान्वयन गरिएका नियम लागू हुनेछन्।

चिनियाँ पक्षले हङकङमा रहेका विदेशी कन्सुलर कार्यालयहरूको मामिला प्रचलित कानुनअनुसार र व्यावहारिक दृष्टिकोणबाट व्यवस्थापन गर्दै आएको स्पष्ट गरको छ।

चिनियाँ अधिकारीहरूलाई बुझाउनु पर्ने सूचनामा कुन पदमा कर्मचारीले काम गरिरहेको हो, निजको आवासीय ठेगाना र परिचय पत्र नम्बरहरू समावेश गर्न निर्देशन दिइएको छ।

नयाँ कामदार भर्ती गरेमा निजको विवरण पनि  १५ दिनभित्र अनिवार्य रुपमा बुझाउन पत्राचार गरिएको छ। आयुक्तको कार्यालयले नयाँ नियमको उद्देश्यबारे केही खुलाएको छैन। 

प्रकाशित मिति: : 2023-09-21 06:16:00

प्रतिकृया दिनुहोस्