‘फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो’

 नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताएका हुन्। 

गत जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःशर्त हिरासतमुक्त गरेर पुनःस्थापना गर्नुपर्नेमा जोड  दिँदै आएको छ। विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतासहित कूटनीतिक कर्मचारी बन्धक बनेका हुन्।

फ्रान्सेली राष्ट्रपतिले राजदूत, सिल्भेन इट्टलाई बाहिर निस्कन नदिइएको तथा खाद्यान्न आपूर्ति पनि रोकिएकाले उनीसहित सबै कूटनीतिक कर्मचारीले सैनिक रासन खाइरहेका बताउनुभएको छ। सैन्य विद्रोहबाट सत्ता कब्जा गरेपछि नयाँ सरकारले राजदूत इट्टलाई देश छाड्न आदेश दिएको थियो। 

राजदूत इट्टले सैन्य सरकारको आदेश अस्वीकार गरेपछि उनको प्रवेशाज्ञा (भिसा) खारेज गर्दै उनलाई निष्काशन गर्न प्रहरीलाई निर्देशन दिएको छ। 

प्रकाशित मिति: : 2023-09-17 05:47:00

प्रतिकृया दिनुहोस्