मोरङमा पानीमा डुबेर दुई बालिकाको मृत्यु

file photo
file photo

मोरङको ग्रामथानमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नुहाउने क्रममा उनीहरु पोखरीमा डुबेका थिए।‌ ग्रामथान गाउँपालिका वडा नं २ स्थित रम्भा देवको माछा पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको डीएसपी रन्जनकुमार दाहालले बताए।

स्थानीय खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी १० वर्षीया  छोरी रेजिना खवासको डुबेर मृत्यु भएको बताइएको छ।

पानीमा डुबेर गम्भीर स्वास्थ्य अवस्था भएका बालिकाहरुलाई बिहान साढे ११ बजे स्थानीयले फेला पारेर उपचार गराउँन विराटनगरको कोसी अस्पताल लगेका थिए। उनीहरूको अस्पताल ल्याउनासाथ मृत्यु भएको थियो।‌

प्रकाशित मिति: : 2023-09-16 12:57:00

प्रतिकृया दिनुहोस्